नेयमार र एमबाप्पेले ह्याट्रिकमा पीएसजीको फराकिलो जित

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७८ चैत्र २७, आईतबार (२ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

चैत २७, काठमाडौं । फ्रेन्च लिग वान फुटबलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फराकिलो जित निकालेको छ । शनिबार राति भएको खेलमा पीएसजीले क्लेरमोन्ट फुटलाई ६–१ गोल अन्तरले हराएको हो ।​

पीएसजीलाई जित दिलाउन नेयमार र केलियन एमबाप्पेले ह्याट्रिक पूरा गरे । खेलको छैटौं मिनेटमा नेयमारको गोलबाट पीएसजीले सुरुआती अग्रता बनाएको थियो । १९ औं मिनेटमा एमबाप्पेले गोल गर्दै टोलीको अग्रता २–० को बनाए ।

खेलको ४२ औं मिनेटमा जोडेलले गोल गर्दै क्लेरमोन्टलाई २–१ को स्थितिमा ल्याए । त्यसपछि नेयमार र एमबाप्पेले ह्याट्रिक पूरा गर्दै पीएसजीलाई ६–१ गोलको जित दिलाए ।

जितसँगै शीर्षस्थानमा रहेको पिएसजीको ३१ खेलबाट ७१ अंक पुगेको छ । पराजित क्लेरमोन्ट फुट २८ अंक जोडेर १७औं स्थानमा छ ।

ताजा अपडेट

खोजी गर्नुहोस