हिमाल आरोहणका लागि ५०५ जनालाई अनुमति

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७८ चैत्र २७, आईतबार (२ साल अघि)
  • ३ पटक पढिएको
Post Thumbnail

चैत २७, काठमाडौं । सर्वोच्च शिखर सगरमाथा सहित विभिन्न १८ हिमाल आरोहणका लागि यस वर्ष ५ सय ५ जनाले अनुमति लिएका छन् । गत शुक्रबारसम्ममा सगरमाथा आरोहण गर्न सबैभन्दा बढी २०४ जनासहित ५०५ जनाले अनुमति पाएको पर्यटन विभागले जनाएको छ ।

विभागको तथ्यांक अनुसार आरोहणका लागि अनुमति लिनेहरुमा ३ सय ८९ जना पुरुष र ११६ जना महिला छन् । जसमा आमादब्लम हिमालका लागि ४ समूहका ३९ जना, अन्नपुर्ण–१ मा ४ समुहका २६ र ल्होत्से हिमाल आरोहणका लागि ६ समुहका ५२ जनाले अनुमति लिएका छन् ।

हिमाल आरोहणको टोलीबाट सरकारलाई २९ करोड ७४ लाख रुपैयाँ रोयल्टी प्राप्त भएको छ । सगरमाथा आरोहण अनुमति लिन विदेशी नागरिकले प्रतिव्यक्ति ११ हजार अमेरिकी डलर रोयल्टी तिनुपर्ने व्यवस्था छ भने नेपालीको हकमा प्रतिव्यक्ति ७५ हजार नेपाली रुपैयाँ रोयल्टी तिर्नुपर्छ ।

ताजा अपडेट

खोजी गर्नुहोस