आइएमई पे र दराजबीच सम्झौता

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७८ चैत्र २७, आईतबार (२ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

चैत्र २७,काठमाडौँ । आइएमई पेले दराजसँग नयाँ नेपाली वर्षको अवसरमा अनलाइन सपिङ्ग गर्दा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता गरेको छ । यो सम्झौतापछि आइएमई पेका सेवाग्राहीले दराजद्वारा अनलाइन सामान खरिद गरि अनलाइनबाटै भुक्तानी गर्दा १०% सम्म छुट प्राप्त गर्न सक्नेछन् । उक्त सम्झौतापत्रमा आइएमई पेका तर्फबाट सहायक महाप्रबन्धक प्रमोदमान सिंह बस्नेत र दराजका तर्फबाट भुक्तानी प्रबन्धक जोनाम भुर्तेलले हस्ताक्षर गरेका छन् ।

सम्झौताअनुसार चैत्र २८ देखि २०७९ बैशाख ७ सम्म आईएमई पे मार्फत अग्रिम भुक्तानीमा अभियानको पहिलो दिन बिहान १२ देखि १२ः ३० सम्म १०५ छुट , रु। १००० अधिकतम र अभियान सुरु भएको पहिलो आधा घण्टा पछि दैनिक रस् आवरमा आधा–घण्टामा १०५ छुट अधिकतम रु। ७५० सम्म हुने ब्यवस्था मिलाइएको कम्पनीले जनाएको छ । यस्तै रस् आवरको समय बिहान ८ बजे देखि ८ः ३० सम्म र दिउँसो ३ बजे देखि ३ः ३० सम्म हुनेछ । साथै दराजको रु १ को गेममा पनि सहभागि भएर विभिन्न आकर्षक उपहार पनि जित्न सकिने जनाइएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस