सत्ता गठबन्धन बैठक बस्दै

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७८ चैत्र २८, सोमबार (२ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

चैत २८, काठमाडौँ । सत्ता गठबन्धनको बैठक आज बस्दै छ । बैठक बिहान ९ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने स्थानीय तह निर्वाचन तयारी तथा अनुगमन समिति सदस्य सचिव केशवराज जोशीले जानकारी दिए ।

बैठक आशन्न स्थानीय निकायको निर्वाचनमा हुने चुनावी तालमेललगायत समसामयिक विषयमा केन्द्रित हुने बताइएको छ । कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल नेतृत्वको निर्वाचन तयारी तथा अनुगमन समितिको आइतबार बसेको बैठकले गरेको निर्णयबारे छलफल गरी चुनावी तालमेल टुंग्याउने बताइएको छ ।

आज गठबन्धनका तर्फबाट संयुक्त अपिल जारी गरिने जनाइएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस