कारको ठक्करबाट तीन पैदलयात्रीको मृत्यु

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७८ चैत्र २८, सोमबार (२ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

चैत २८, बाँके । नेपालगञ्जको बिपी चोक नजिक कारले ठक्कर दिँदा तीनजना पैदलयात्रीको मृत्यु भएको छ । आइतवार राति प्रदेश ३–०१–२३ च ८४८१ नम्बरको कारले ठक्कर दिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी निरीक्षक हिमालय शाहले जानकारी दिए ।

कारको ठक्करबाट नेपालगञ्ज उपमहानगरपालिका(११ का ६५ वर्षीया समिना इद्रिसी, पाँच वर्षीय कसिम इद्रिसी र अलि इद्रिसीको मृत्यु भएको प्रहरी निरीक्षक शाहले जानकारी दिए । सडकमा हिँडिरहेका तीनै जनालाई कारले ठक्कर दिँदा गम्भीर घाइते भएका थिए ।

उनीहरुलाई त्यहीँ कारमा राखेर चालकले नै शिक्षण अस्पताल नेपालगञ्ज पुर्‍याएका थिए । अस्पताल पुर्‍याइएको १५ मिनेटपछि उनीहरुलाई चिकित्सकले मृत घोषणा गरेको प्रहरी निरीक्षक शाहले बताए ।

प्रहरीले कार चालक नेपालगञ्ज उपमहानगरपालिका–१० का २८ वर्षीय इन्द्रबहादुर थापालाई नियन्त्रणमा लिएको छ।

ताजा अपडेट

खोजी गर्नुहोस