सिटी र लिभरपुलको बराबरी

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७८ चैत्र २८, सोमबार (२ साल अघि)
  • ४ पटक पढिएको
Post Thumbnail

चैत २८, एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा उपाधि दाबेदार म्यानचेस्टर सिटी र लिभरपुलले बराबरी खेल्दै अंक बाडेका छन् । आइतबार राति भएको खेलमा सिटी र लिभरपुलले २-२ गोलको बराबरी खेल्दै अंक बाडेका हुन् ।

इतिहास स्टेडियममा घरेलु टोली सिटीले दुई पटकको अग्रता जोगाउन नसक्दा बराबरीमा रोकिएको छ । खेलको पाँचौं मिनेटमा केभिन डी ब्रुएनले गोल गर्दै सिटीलाई सुरुआती अग्रता दिलाएका थिए ।

तर, खेलको १३ औं मिनेटमा डिएगो जोटाले गोल गर्दै लिभरपुललाई १-१ गोलको बराबरीमा ल्याए ।

खेलको ३६ औं मिनेटमा ग्राबियल जिससले गोल गर्दै सिटीलाई २-१ को अग्रता दिलाए । तर, ४६ औं मिनेटमा साडियो मानेले गोल गर्दै लिभरपुललाई २-२ गोलको बराबरीमा ल्याए ।

यस बराबरीसँगै सिटीले ३१ खेलमा ७४ अंक जोडेको छ । सिटी शीर्ष स्थानमा रहेको छ । लिभरपुल ३१ खेलमा ७३ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस