बैशाखमा ब्याजदर यथावत राख्ने बैंकहरुबीच सहमति

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७८ चैत्र २८, सोमबार (२ साल अघि)
  • ४ पटक पढिएको
Post Thumbnail

चैत २८, काठमाडौँ । कमर्शियल बैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघ (एनबिए) ले बैशाखको लागि ब्याजदर नबढाउने निर्णय गरेको छ । वाणिज्य बैंकका सीइओहरुको संगठन नेपाल बैंकर्स संघको आइतबार बसेको कार्यसमिति बैठकले बैशाख महिनामा ब्याज नबढाउने सहमति गरेको हो ।

एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत तथा नेपाल बैंकर्स संघका उपाध्यक्ष सुनिल केसीले चैत महिना कै ब्याजदरलाई निरन्तरता दिने समझदारी गरेको बताए । बैंकर्स संघले बिगतकै ब्याजदर यथावत राख्ने समझदारी गरेपछि बैशाख महिनाको लागि चैत महिना कै ब्याजदरले निरन्तरता पाउने भएको छ ।

यस समझदारीसंगै बैंकहरुले चैतको लागि मुद्दतीमा अधिकतम ११.०३ र संस्थागतमा अधिकतम १०.०३ प्रतिशत ब्याज कायम हुनेछ। त्यस्तै बचत खाातामा न्युनतम ६.०३ प्रतिशत र कलमा ३.०१५ प्रतिशतसम्म ब्याजको दर हुनेछ ।

त्यस्तै बैंकहरुले रेमिट्यान्स खातामा १२ प्रतिशत ब्याजदर दिने छन् । तर बैंकहरुले तोकिएको सिमाभित्र रहेर ब्याजको दर आफुअनुकुल कायम गर्न कुनै रोक हुनेछैन ।

ब्याजको दर बढाउँदा सकारात्मक संदेश नजाने भएकाले बैंकरहरुबीच ब्याज नबढाउने बिषयमा आपसी समझदारी बनेको जनाईएको छ । नेपाल राष्ट्र बैंकको निर्देशनअनुसार बैंकहरुले आगामी महिना लिने ब्याजको दर अघिल्लो महिनानै सार्वजनिक गर्नुपर्ने हुन्छ ।

ताजा अपडेट

खोजी गर्नुहोस