इमरानको सरकार ढलेपछि नवाज शरिफ अर्को महिना पाकिस्तान फर्कदै

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७८ चैत्र २८, सोमबार (२ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

चैत्र २८,काठमाडौँ । पाकिस्तानका पूर्व प्रधानमन्त्री नवाज शरिफ अर्को महिना इद पछि लण्डन फर्किन सक्ने सम्भावना रहेको छ । इमरान खानको सरकार ढलेपछि पाकिस्तानमा जारी राजनीतिक हलचलका बीच नवाज शरिफको पार्टी पीएमएल–एनका एक नेताले यस्तो जानकारी दिएका हुन् ।

समाचार एजेन्सी पिटिआईका अनुसार मियां जावेद लतिफले पिएमएल–एन चीफ र तीन पटक प्रधानमन्त्री बनिसकेका नवाज शरिफको फिर्ताबारे गठबन्धका सहयोगीसँग चर्चा गरिने जानकारी दिए ।

इद मे महिनाको पहिलो हप्तामा हुन्छ । इमरान खानको सरकारले पिएमएल–एन चिफ नवाज शरिफविरुद्ध भ्रष्टाचारका थुप्रै मुद्दा दर्ता गरेको थियो । नवाज शरिफलाई सर्वोच्च अदालतले जुलाई २०१७ मा पनामा पेपर्ससँग जोडिएको एउटा मुद्दामा प्रधानमन्त्री पदबाट अपदस्थ गरेको थियो ।

त्यसपछि नोभेम्बर सन् २०१९ मा लाहौर उच्च अदालतबाट उपचारका लागि विदेश जाने अनुमति पाएपछि नवाज शरिफ लण्डन गएका थिए ।

देशमा राजनीतिक अस्थिरताबीच शरिफले हालको गठबन्धनको सरकार ६ महिनाभन्दा बढी नचल्ने र चुनौतीसँग जुध्नका लागि चुनाव गराउने एकमात्र विकल्प भएको बताएका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस