उपकार लघुवित्तको आइपीओमा आवेदन दिने समय थप

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७८ चैत्र २९, मंगलबार (२ साल अघि)
  • ३ पटक पढिएको
Post Thumbnail

चैत २९, काठमाडौँ । उपकार लघुवित्त वित्तीय संस्थाको आइपीओमा आवेदन दिने समय एक दिन थप भएको छ । चैत २७ गते राम नवमी पर्वको सार्वजनिक विदा दिएकोले आइपीओमा आवेदन दिने समय एक दिन थप भएको हो ।

त्यस अनुसार लघुवित्तको आइपीओमा भोली चैत ३० गते बुधबारसम्म आवेदन दिन सकिनेछ । लघुवित्तले चैत २५ गते देखि सर्वसाधारणलाई २ करोड ३६ लाख २५ हजार रुपैयाँ बराबरको २ लाख २६ हजार २५० कित्ता शेयर निष्काशनमा ल्याएको हो ।

त्यसमध्ये ०.५० प्रतिशत आर्थत ३ हजार २८१ कित्ता शेयर कर्मचारीहरुलाई र ५ प्रतिशत अर्थात ११ हजार ८१३ कित्ता शेयर सामुहिक लगानी कोषका लागि सुरक्षित गरी बाँकि रहने २ लाख २१ हजार १५६ कित्ता शेयरमा सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

लघुवित्तको आईपीओलाई इक्रा नेपालले ‘इक्राएनपी इस्युअर रेटिङ्ग डबल बी माइनस’ रेटिङ्ग प्रदान गरेको छ । यसले संस्थाको वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम क्रेडिट जोखिम रहेको जनाउँछ ।

लघुवित्तको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक नेपाल एसविआई मर्चेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ भने प्रत्याभुतकर्ता प्रभु क्यापिटल रहेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस