भन्सार छलेर ल्याएको सामानसहित दुई पक्राउ

  • अनलाइन केन्द्र
  • / समाज /
  • २०७८ चैत्र २९, मंगलबार (२ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

चैत २९, काठमाडौँ । भन्सार छलेर ल्याएको सामानसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौं र महानगरीय प्रहरी वृत्त टेकु तथा जनसेवाबाट खटिएको टोलीले २३ लाख ५५ हजार ३ सय रुपैयाँबराबरको कपडासहित दुई जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–१४ बस्ने ३८ वर्षीय नीरज अग्रवाल र काठमाडौं महानगरपालिका–१८ बस्ने ३८ वर्षीय सन्दीप कुमार रहेको प्रहरीले जनाएको छ । भन्सार छली गरेर ल्याएको लत्ताकपडासहित उनीहरुलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए ।

उक्त कपडा अग्रवालले काठमाडौं महानगरपालिका–२४ असनस्थित सञ्चालन गरेको हनुमान ट्रेड कन्सर्न पसलको गोदाममा फेला परेको प्रवक्ता मैनालीले बताए । पक्राउ परेका दुवै जनालाई थप अनुसन्धान तथा कारबाहीका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय पठाइएको प्रहरीले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस