मंगलबार सुनचाँदीकै भाउ बढ्यो

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७८ चैत्र २९, मंगलबार (२ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

चैत्र २९,काठमाडौँ । सुनको भाउ आज तोलामा आठ सय रुपैयाँले बढेको छ ।

आज सुनको भाउ तोलामा एक लाख ९ सय रुपैयाँमा पुगेको छ । हिजो एक लाख एक सय रुपैयाँ थियो ।

अन्तर्राष्ट्रिय बजारमा सुनको भाउमा उतारचढाव आएसँगै नेपाली बजारमा पनि भाउ बढेको हो ।

यस्तै आज चाँदीको पनि भाउ बढेको छ । तोलामा १५ रुपैयाँले बढेर चाँदी आज १३ सय ८० रुपैयाँमा पुगेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ।

ताजा अपडेट

खोजी गर्नुहोस