कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७८ चैत्र ३०, बुधबार (२ साल अघि)
  • ३ पटक पढिएको
Post Thumbnail

चैत ३०, काठमाडौं । सत्तारूढ नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ । स्थानीय निर्वाचनको घोषणापत्रबारे छलफल गर्न आज दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक बोलाएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

महामन्त्री गगन थापा संयोजकत्वमा विभिन्न क्षेत्रका विज्ञहरूसँग सुझाव लिएर कांग्रेसले घोषणा पत्र बनाइरहेको छ । साथै कांग्रेसले पार्टी समितिहरू, ०७४ मा निर्वाचित जनप्रतिनिधिहरू, सर्वसाधारणबाट पनि घोषणा पत्रका लागि सुझाव माग गरेको छ ।

कांग्रेसले वैशाख ११ मा घोषणा पत्र सार्वजनिक गर्ने भएको छ । स्थानीयस्तरमा भने उम्मेदवारले प्रतिवद्धता पत्र सार्वजनिक गर्नेछन् ।

ताजा अपडेट

खोजी गर्नुहोस