स्थानीय चुनावमा सेना परिचालन हुने

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७८ चैत्र ३०, बुधबार (२ साल अघि)
  • २ पटक पढिएको
Post Thumbnail

चैत ३०, काठमाडौं । आगामी बैशाख ३० को स्थानीय चुनावमा सेना परिचालन हुने भएको छ । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले चुनावमा सेना परिचालन गर्न मंगलबार स्वीकृती दिएकी छन् ।

राष्ट्रपतिको स्वीकृतीसँगै ७ सय ५३ स्थानीय तहमा सेना खटाउन बाटो खुलेको छ । ‘स्थानीय तह निर्वाचन एकीकृत सुरक्षा योजना, २०७८’ मा व्यवस्था भएअनुसार सेना परिचालन हुने राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

सरकारले चैत २४ गते चुनावका लागि सेना परिचालन गर्न राष्ट्रपति कार्यालयमा सिफारिस गरेको थियो । सरकारको निर्वाचन सुरक्षा कार्ययोजनामा १ लाख म्यादीसहित ८० प्रतिशतभन्दा बढी सुरक्षाकर्मी केन्द्रित गर्ने उल्लेख छ ।

ताजा अपडेट

खोजी गर्नुहोस