हरियाणामा आगलागीमा परी नेपाली बालकको मृत्यु

  • अनलाइन केन्द्र
  • / समाज /
  • २०७८ चैत्र ३०, बुधबार (२ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

चैत ३०, काठमाडौं । भारतको हरियाणा हिसारमा भएको आगलागीमा परी अर्घाखाँचीका एक १४ वर्षीय बालकको मृत्यु भएको छ । हरियाणामा रहेको राम चाट भण्डारमा काम गर्ने अर्घाखाँची जिल्लाको छत्रदेव गाउँपालिका वडा नं। ३ साजवोट निवासी १४ वर्षीय भीमबहादुर मुखियाको मृत्यु भएको हो ।

मुखियासहित १० जना नेपाली मजदुरहरूले काम गर्दै आएको चाट भण्डारमा मंगलबार बिहान करिब ५ बजे विद्युत् सर्ट भई आगो लाग्दा सोही पसलमा दुई महिनादेखि काम गर्दै आएका मुखियाको ज्यान गएको छ भने अन्य पाँच नेपाली सामान्य घाइते भएका छन् ।

आगलागीका कारण अन्य कामदार बाहिर निस्कन सफल भएको भए पनि बालक मुखियाबाहिर निस्कन नसकेपछि जलेर ज्यान गएको त्यहाँबाट स्थानीय नारायण न्यौपानेले जानकारी दिए । मृतक मुखियाका बुवा हिमबहादुर मुखिया पनि भारतमा मजदुरी गर्छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस