कृषि उद्यम केन्द्रको अगुवाईमा इजरायलले २५ नेपाली किसानलाई अवलोकन भ्रमण गराउने

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७८ चैत्र ३०, बुधबार (२ साल अघि)
  • ३ पटक पढिएको
Post Thumbnail

चैत्र ३१,काठमाडौँ । उद्योग बाणिज्य महासंघका केन्द्रिय सदस्य तथा कृषि उद्यम केन्द्रका सभापति अरुणराज सुमार्गी नेतृत्वको टोलीले नेपालको लागि इजरायली राजदुत हनान गोडरसंग भेटवार्ता भएको छ ।

मंगलबार नेपालस्थित इजरायली राजदुतावासमा भएको भेटवार्तामा भर्खरै सभापति सुमार्गी भारतको हरियाणा राज्यको कर्नाल शहरमा रहेको भारतको प्रान्तिय सरकार भारत स्थित इजरायली राजदुताबासको लगानीमा संचालित Center Of Excellence – Karnal Hayana DDH परियोजनाको अध्ययन भ्रमण पश्चात नेपालमा पनि प्रदेश सरकार, नेपाल उद्योग बाणिज्य महासंघ र नेपाल स्थित इजरायाली राजदुतावासको उस्तै किसिमको र कृषि अध्ययन केन्द्रको देशभरी हरेक प्रदेश र देशको विभिन्न स्थानमा स्थापना गर्ने बिषयमा नेपाल स्थित इजरायली राजदुत गोडरसँग सहमति भएको छ ।

बैठकमा निकट भविश्यमा नै हाललाई बागमती प्रदेशबाट यस किसिमको Center Of Excellence – cente स्थापना गर्ने बिषयमा राजदुत गोडरले प्रतिवद्धता व्यक्त गरेका छन् । बैठकमा राजदुत गोडरले हरियाणामा सञ्चालनमा रहेको कृषि परियोजना अवलोकन गर्न नेपालीलाई पठाउने र स्थानीय निर्वाचन लगतै कृषिको आधुनिकिकरण र व्यवसायिक कृषि अवलोकन गर्न पहिलो २५ जनाको टोली इजरायल पठाउन आफु तयार रहेको बताए ।

उनले त्यसको लागि सभापति सुमार्गीलाई योजना तयार गर्न आग्रह समेत गरे । बैठकमा राजदुत गोडरलाई बागमती प्रदेशका मुख्यमन्त्रीको आर्थिक सल्लाहकारसमेत रहेका सुमार्गीले बागमती प्रदेश भ्रमणको साथै मुख्यमन्त्रीसंग भेटवार्ताको लागि निमन्त्रणा दिएका थिए । राजदुत गोडारले आफु छिट्टै बागमती प्रदेशको राजधानी हेटौडामा मुख्यमन्त्रीसंग भेट्न आतुर रहेको बताएका थिए ।

बैठकमा सय किसान अभियानका अभियान्ता जनक गौतम,सिन्धुली उद्योग बाणिज्य महासंघका अध्यक्ष अर्जुन श्रेष्ठ,मकवानपुर उद्योग बाणिज्य महासंघका अध्यक्ष कृष्ण कुमार गुप्ता लगायतको उपस्थिती रहेको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस