माओवादीले चुनावी पोस्टरबाट कुलमानको फोटो हटायो

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७८ चैत्र ३०, बुधबार (२ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

चैत्र ३०,काठमाडौँ । नेकपा माओवादी केन्द्रले चुनावी प्रचार सामग्रीमा राखिएको नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको फोटो हटाएको छ ।

माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको फेसबुक पेजमा राखिएको डिटिजल पोस्टरमा कुलमान घिसिङको पनि फोटो राखिएको थियो । यसको चर्को आलोचना भएपछि माओवादीले कुलमानको फोटो हटाएको हो । यसअघि प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले पनि फोटो हटाउन आग्रह गर्नु भएको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस