सशस्त्र प्रहरीको महानिरीक्षकमा पुष्पराम केसी नियुक्त

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७८ चैत्र ३०, बुधबार (२ साल अघि)
  • २ पटक पढिएको
Post Thumbnail

चैत्र ३०,काठमाडौँ । सरकारले सशस्त्र प्रहरी बलको महानिरीक्षक (आईजीपी)मा पुष्पराम केसीलाई नियुक्त गरेको छ । पछिल्लो पटक बसेको मन्त्रिपरिषद् बैठकले केसीलाई सशस्त्र प्रहरीको प्रमुखमा नियुक्त गर्ने निर्णय गरेको हो ।

अतिरिक्त महानिरीक्षक (एआईजी) पुष्पराम केसी वरीयतामा अगाडि थिए । उनले उमेरहदका कारण २०७९ वैशाख १८ मा अवकाश पाउँदै छन् । सशस्त्र प्रहरी बलका महानिरीक्षक शैलेन्द्र खनाल चार वर्षे कार्यकाल सकेर सोमबार बिदा भएका थिए। खनालको अवकाशपछि केसी र रामशरण पौडेल आईजीपीको प्रतिस्पर्धामा छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस