कस्तो रहनेछ आजको मौसम ?

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७९ बैशाख १, बिहिबार (२ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

बैशाख १, काठमाडौं । हाल देशमा स्थानीय वायुका साथै पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज (बिहीबार) दिउँसो देशका पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली रहने महाशाखाले जनाएको छ । देशको पहाडी भू–भागका केही स्थानहरुमा मेघ गर्जनरचट्याङ सहित हल्का वर्षाको सम्भावना छ ।

यस्तै राति देशको पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही अन्य भू–भागमा मौसम सामान्यतया सफा रहने छ । प्रदेश १, बागमती, गण्डकी र कर्णाली प्रदेशका एक वा दुई स्थानमा भने मेघ गर्जनसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

देशका केही स्थानमा मेघ गर्जन÷चट्याङसहित क्षणिक वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस