सानिमा लाइफ इन्स्योरेन्सको लाभांश घोषणा

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७९ बैशाख १, बिहिबार (२ साल अघि)
  • ५ पटक पढिएको
Post Thumbnail

बैशाख १, काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ । कम्पनीको २०७८।१२।२९ मा बसेको संचालक समितिको बैठकले आ.व. २०७६/०७७ को लागि लाभांश प्रस्ताव गरेको हो ।

कम्पनीले आ।व। २०७६/०७७ को संचित मुनाफाबाट शेयरधनीहरुलाई वितरण योग्य लाभांश बापत चुक्ता पूँजीको चार दशमलव दुई प्रतिशत बोनस शेयर तथा कर प्रयोजनको लागि शुन्य दशमलव बाइस प्रतिशत गरी जम्मा चार दशमलव बयालिस प्रतिशत (४.४२) लाभाशं बितरण गर्ने प्रस्ताव गरेको हो ।

नियमनकारी निकाय बीमा समितिले स्वीकृति दिएपश्चात र कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा बितरण हुने छ ।

ताजा अपडेट

खोजी गर्नुहोस