जिल्लाका सबै पालिकामा गठबन्धन नगर्ने पर्सा कांग्रेसको निर्णय

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७९ बैशाख १, बिहिबार (२ साल अघि)
  • ४ पटक पढिएको
Post Thumbnail

बैशाख १, काठमाडौं । नेपाली कांग्रेस पर्साले वीरगञ्ज महानगरपालिका सहित सबै स्थानीय तहमा गठबन्धन नगर्ने निर्णय गरेको छ । कांग्रेस पर्साका सभापति जनार्दन सिंह क्षेत्रीको सभापतित्वमा बसेको बैठकले एक्लै चुनाव लड्ने निर्णय गरेको प्रवक्ता रमेश पाण्डेयले बताए ।

“जिल्लाका प्रमुख नेताहरूको समेत उपस्थितिमा बसेको जिल्ला कार्यसमितिको बृहत्तर बैठकले जिल्लामा रहेको वीरगञ्ज महानगरपालिका, तीन वटा नगरपालिका र १० वटा गाउँपालिका गरी १४ वटै पालिकामा नेपाली कांग्रेसले आसन्न निर्वाचनमा अन्य दलसँग गठबन्धन नगर्ने निर्णय भएको छ,” प्रवक्ता पाण्डेयले भने ।

यससँगै कांग्रेस जिल्ला कार्यसमिति बैठकले सबै स्थानीय तहका सबै पदमा उम्मेदवारी दिने पनि निर्णय गरेको छ । “कांग्रेसले एक्लै सबै स्थानीय तहका सबै पदमा चुनाव लड्ने निष्कर्ष सहित यस्तो निर्णय भएको जानकारी गराउँदछौं,” उनले भने ।

यही निर्णय केन्द्रलाई पठाउने तय भएको उनले बताए। यससँगै चुनावी तयारी शुरू गरेको र व्यवस्थित रूपमा चुनावी कार्यक्रम गरिरहेको उनले बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस