एक सातामा नेप्से ४९.०७ अंकले घट्यो, कारोबार ५ अर्ब २५ करोडमा सिमित

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७९ बैशाख १, बिहिबार (२ साल अघि)
  • ३ पटक पढिएको
Post Thumbnail

बैशाख १, काठमाडौँ । वर्ष २०७८ को अन्तिम साता शेयर बजार मापक नेप्से परिसूचक ४९.०७ अंकले घटेको छ । अघिल्लो हप्ताको अन्तिम कारोबारको दिन विहीबार लगातार ओरालो लागेको नेप्से ३५.६६ अंक बढेर २४६४.३१ विन्दुमा पुगेर कारोबार बन्द भएको थियो ।

यो साताको पहिलो दिन आइतबार सार्वजनिक विदा भएकाले शेयर बजार पनि बन्द भयो । साताको तीन दिन मात्रै कारोबार भएको छ । तीन दिन भएको कारोबारमा दुई दिन उच्च अंकले गिरावट आएको थियो भने एक दिन सामान्य अंकले वृद्धि भएको छ । विहीबार पनि सार्वजनिक विदा भएकाले शेयर बजार बन्द रहेको छ ।

साताको पहिलो कारोबारको दिन सोमबार नेप्से परिसूचक ४४.६४ अंक गिरावट आएर २४१९.८० विन्दुमा झरेको थियो । त्यस्तै, सेन्सेटिभ इण्डेक्स ८.८७ अंक घटेको छ भने फ्लोट इण्डेक्स २.६६ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.२३ अंकले घटेको थियो । सोमबार कारोबारमा आएका २३३ कम्पनीको ५० लाख ९५ हजार कित्ता शेयर २ अर्ब २६ करोड ७ लाख ८६ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको थियो ।

साताको दोस्रो कारोबारको दिन मंगलबार पनि शेयर बजार मापक नेप्से परिसूचकमा ३४.७८ अंक घटेर २३८५.०१ विन्दुमा झरेको थियो । त्यस्तै सेन्सेटिभ इण्डेक्स ५.७६ अंकले घटेको छ भने फ्लोट इण्डेक्स २.२५ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.६६ अंकले घटेको थियो । मंगलबार कारोबारमा आएका २३७ कम्पनीका ३७ लाख ८३ हजार २४ कित्ता शेयर १ अर्ब ५२ करोड ४३ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको थियो ।

सोमबारको तुलनामा नेप्से सूचकसँगै कारोबार रकम गिरावट आएको थियो । बुधबार नेप्से परिसूचक ३०.२४ अंक बढेर २४१५.२४ विन्दुमा पुगेको छ । जसमा सेन्सेटिभ इण्डेक्स ६.९७ अंक बढेको छ भने फ्लोट इण्डेक्स २.०४ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.१३ अंकले बढेको छ । बुधबार कारोबारमा आएका २२९ कम्पनीको ३३ लाख ९८ हजार कित्ता शेयर १ अर्ब ४७ करोड ६३ लाख रुपैयाँ बराबरको खरिदबिक्री भएको छ ।

नेप्से परिसूचकमा वृद्धि भए पनि कारोबार रकम भने अघिल्लो दिनको तुलनामा घटेको छ । अघिल्लो कारोबार दिन मंगलबार १ अर्ब ५२ करोडको शेयर खरिदबिक्री भएको थियो ।

 

ताजा अपडेट

खोजी गर्नुहोस