कांग्रेस केन्द्रीय निर्वाचन परिचालन समितिको बैठक बस्दै

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७९ बैशाख २, शुक्रबार (२ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

बैशाख २, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन परिचालन समितिको बैठक आज बस्दै छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजे बैठक बस्नेछ ।

बैठकमा उमेदवार सिफारिस, छनोट तथा गठबन्धनको साझा उमेदवारलाई कसरी जिताउनेलगायत विषयमा छलफल हुने कांग्रेसले जनाएको छ ।

कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठकले नगरपालिका र गाउँपालिकाका उमेदवारको टुङ्गो लगाउन वैशाख ३ गते ९भोलि० पार्टीका सातजना सहमहामन्त्रीहरूलाई सातवटै प्रदेशमा पठाउने निर्णय गरेको थियो ।

उनीहरूले प्रदेशमा उमेदवारको टुङ्गो लगाउने प्रयास गर्नेछन् । उमेदवार प्रदेशबाट टुङ्गो नलागे उनीहरूले वैशाख ९ गते साँझसम्म केन्द्रमा पठाउनेछन् । वैशाख १० गते बिहानसम्म केन्द्रले टुङ्गो लगाउनेछ ।

ताजा अपडेट

खोजी गर्नुहोस