युरोपा लिगः बार्सिलोना बाहिरियो

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७९ बैशाख २, शुक्रबार (२ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

बैशाख २, काठमाडौं । स्पेनिस क्लब बार्सिलोना युरोपा लिग फुटबलको क्वाटरफाइनलबाट बाहिरिएको छ । बिहीबार राति भएको क्वाटरफाइनलको दोस्रो लेगमा जर्मन क्लब फ्रान्कफुर्टसँग ३-२ ले हारेसँगै बार्सिलोना समग्रमा ४-३ ले पराजित हुँदै बाहिरिएको हो ।

यसअघि पहिलो लेगमा बार्सिलोनाले फ्रान्कफुर्टसँग १-१ गोलको बराबरी खेलेको थियो । तर, घरेलु मैदानमा भएको दोस्रो लेगमा बार्सिलोनाले हार व्यहोर्यो ।

खेलको चौंथो मिनेटमा फिलिपले पेनाल्टीबाट गोल गर्दै फ्रान्कफुर्टलाई सुरुआती अग्रता दिलाए । ३६ औं मिनेटमा राफेलले गोल गर्दै टोलीलाई २-० को अग्रता दिलाए ।

खेलको ६७ औं मिनेटमा फिलिपले व्यक्तिगत दोस्रो गोल गरेपछि फ्रान्कफुर्टले ३-० को अग्रता बनायो । खेलको इन्जुरी समयको पहिलो मिनेटमा बुस्केट्सले गोल गर्दै बार्सिलोनालाई ३-१ को स्थितिमा ल्याए ।

इन्जुरी समयको दशौँ मिनेटमा इभानले रातो कार्ड पाएपछि फ्रान्कफुर्ट १० खेलाडीमा समेटियो । त्यसपछि बार्सिलोनाका डिपेले पेनाल्टीमार्फत एक गोल फर्काएपनि बार्सिलोना ३-२ ले पराजित भयो ।

अब फ्रान्कफुर्टले सेमिफाइनलमा वेस्ट ह्यामको सामना गर्नेछ । वेस्ट ह्यामले फ्रेन्च क्लब लियोनलाई समग्रमा ४-१ ले पाखा लगायो ।

अर्को सेमिफाइनलमा आरबी लाइपजिग र रेन्जर्सबिच प्रतिस्पर्धा हुनेछ ।

ताजा अपडेट

खोजी गर्नुहोस