आईपीएलः गुजरात शीर्ष स्थानमा, आज एक खेल

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७९ बैशाख २, शुक्रबार (२ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

बैशाख २, काठमाडौँ । इण्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा गुजरात अंक तालिकाको शीर्ष स्थानमा पुगेको छ । गएरातिको खेलमा गुजरातले राजस्थानलाई ३७ रनले हराएको हो र राजस्थान भने शीर्षबाट तेस्रो स्थानमा झरेको छ ।

टस हारेर पहिले ब्याटिङ गरेको गुजरातले निर्धारित २० ओभरमा १९२ रन बनाएको थियो । गुजरातको दुई विकेट १५ रन बनाउँदा नै गुमिसकेको थियो । शुभमन गिल १३ रनमा आउट भएका थिए ।

त्यसपछि कप्तान हार्दिक पाण्ड्याले स्थिति सम्हाल्दै ५२ बलमा ८७ रनको योगदान गरे । उनलाई अभिनव मनोहरले ४३ रन बनाएर र डेभिड मिलरले ३१ रन बनाएर साथ थिए ।

राजस्थानका लागि कुलदीप सेन, युजवेन्द्र चहल र रियान परागले एक/एक विकेट लिए ।

१९३ रनको लक्ष्य पछ्याएको राजस्थानको टोली निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १५५ रनमा समेटियो । राजस्थानका लागि जोस बटलरले २४ बलमा ५४ रन बनाए । शिमरोन हेटमायर २९ रन जोडे ।

गुजरातका लागि लकी फर्ग्युसन र यश दयालले तीन–तीन विकेट लिए । कप्तान हार्दिक पाण्ड्या र मोहम्मत शमीले एक/एक विकेट लिए ।

यस्तै, आईपीएल अन्र्तगत आज शुक्रबार एक खेल हुँदैछ । मुम्बईमा हुने खेलमा सनराइजर्स हैदरावाद र कोलकत्ता नाइट राइडर्सबीच प्रतिस्पर्धा हुनेछ । खेल राति ७:४५ बजे सुरु हुनेछ ।

कोलकत्ता ५ खेलमा ६ अंक जोडेर दोस्रो स्थानमा रहेको छ । हैदरावादले ४ खेलमा ४ अंक जोडेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस