सेञ्चुरी बैंकको शताब्दी बचत खातामा उच्चतम ब्याज र बीमाको सुविधा

बैशाख २, काठमाडौं। सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले नयाँ वर्ष २०७९ को शुभअवसरमा बचतकर्ताहरुको हितलाई ध्यानमा राखेर शताब्दी बचत खाता संचालनमा ल्याएको छ । शताब्दी बचत खातामा ग्राहकहरुले वार्षिक ८.०३ प्रतिशतको उच्च व्याजदरका साथसाथै ७ लाख रुपैयाँ सम्मको निःशुल्क बीमा सुविधा प्राप्त गर्न सक्नेछन । यस खातामा १ लाखसम्मको स्वास्थ्य बीमा, १ लाखसम्मको विभिन्न १८ घातक रोगको बीमा र ५ लाख सम्मको दुर्घटना बीमाको व्यवस्था रहेको छ ।
शताब्दी बचतखाता खोल्दा ग्राहकहरुलाइ मोबाइल बैंकिंग, इन्टरनेट बैंकिङ्ग, भिषा डेबिट कार्ड, लकर सेवा, डिम्याट खाता र मेरो शेयर निःशुल्क प्रदान गरिने छ । साथैं शताब्दी बचत खाता खोल्दा ग्राहकहरुलाई बैंकको केन्द्रीय कार्यालयमा प्रिभिलेज काउन्टरको व्यवस्था र शाखाहरुमा विशेष प्राथमिकता साथ सेवा प्रदान गरिनेछ । यो खाता बैंकका सबै शाखाहरुबाट खोल्न सकिनेछ ।

 

संम्बन्धित समचार

Leave a Reply