मंसिर १७, काठमाडौं । सोमबार देशभरको मौसम सामान्यतया सफा रहने तर उच्च पहाडी भूभागमा आंशिक बदली रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
सोमबार दिउँसो पहाडी भूभागमा आंशिक बदली रहेपनि अन्य स्थानमा मौसम सामान्यतया सफा रहने मौसमविद शान्ति कँडेलले जानकारी दिइन् ।
उनले उच्च पहाडी भूभागका केही स्थानमा सामान्य हिमपातको सम्भावना पनि रहेको बताइन् । सोमबार बिहान तराई क्षेत्रमा हुस्सु लागेपनि दिउँसो घाम लाग्ने उनले बताइन् ।
सोमबारराति पश्चिमि र पूर्वी पहाडी भूभागमा आंशिक बदली रहने तथा अन्य स्थानहरुमा मौसम सामान्यतया सफा रहने मौसम विज्ञान विभागले जनाएको छ ।
काठमाडौँ उपत्यकामा आज बिहान ६ बजेको तापक्रम ६.५ डिग्री सेल्सियस मापन गरिएको छ ।