पोखरा महानगरको मेयरमा कार्की,पहारी र आचार्यसहित १२ जनाको नाम सिफारिस

बैशाख २,कास्की । पोखरा महानगरपालिकाको मेयर र उपमेयर पदका उम्मेदवार छान्नका लागि नेकपा एमालेले आकाङ्क्षी सबैको नाम सिफारिस गरेको छ । एमाले पोखरा नगर कमिटीले मेयरका आकाङ्क्षी १२ जना र उपमेयरका आकाङ्क्षी ९ जनाको नाम केन्द्रमा सिफारिस गरेको हो ।

यसअघि केन्द्रीय कमिटीले एक पदमा बढीमा तीन जनाको नाम मात्रै सिफारिस गर्न निर्देशन दिएपछि सर्वसम्मतको प्रयास भए पनि सफल नभएपछि सबैको नाम सिफारिस गरिएको पोखरा नगर कमिटीका अध्यक्ष दिलिप न्यौपानेले जानकारी दिए ।

यसअघि तीन दिनसम्म निरन्तर बैठक बसेर पनि सर्वसम्मत हुन नसकेपछि आज शुक्रवार मतदानबाट उम्मेदवारको नाम टुङ्ग्याउन लागिएको थियो । तर महानगर कमिटीले सबैको सहमति भन्दै मतदानलाई छोडेर सङ्कलन भएका सबैको नाम जिल्लामा पठाउने निर्णय गरेको अध्यक्ष न्यौपानेले जानकारी दिए ।

एमालेबाट पोखराको मेयरमा प्रदेश सांसदहरूराजीव पहारी, कृष्णबहादुर थापा र नेताहरू भीम कार्की रश्मी आचार्य, मीनाकुमारी गुरुङ, पुष्पज्योति ढुंगाना, , सावित्री भण्डारी, विश्वकल्याण पराजुली, दर्शन लामा, दीपकबहादुर पौडेल, बालासिंह काउछा मगर र पुष्पराज अधिकारी आकाङ्क्षी छन् ।

उपमेयरमा टीकाराम पंगेनी, तेजनारायण अधिकारी, जीवनप्रसाद आचार्य, बलराम गायक, विनाकुमारी गुरुङ, सुष्मा पौडेल, देवका पहारी त्रिपाठी शोभामोहन पौडेल र वामदेव ढुंगानाले नाम दिएका थिए । उपमेयरमा यसअघि आकाङ्क्षी देखिएका बैनबहादुर अधिकारी क्षेत्री र हरिकला गुरुङले भने आज मनोनयन नै दिएनन् ।

संम्बन्धित समचार

Leave a Reply