‘गतवर्ष गणतन्त्र नै उल्ट्याउने षड्यन्त्र भएको थियो’ : प्रचण्ड

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७९ बैशाख २, शुक्रबार (२ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

बैशाख २,काठमाडौँ । सत्ता साझेदार नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक परिवर्तन उल्ट्यान खोज्नेहरूकाविरुद्धमा सबै नागरिक एकजुट हुने प्रक्रिया अघि बढेको बताएका छन् ।

आज शुक्रवार विभिन्न पार्टी परित्याग गरी माओवादी केन्द्रमा प्रवेश गर्नेहरूलाई पार्टी केन्द्रीय कार्यालयमा आयोजित एक कार्यक्रमकाबीच स्वागत गर्दै अध्यक्ष दाहालले यस्तो बताएका हुन् । गएको वर्ष गणतन्त्र नै उल्ट्याउने षड्यन्त्र भएको भन्दै उनले माओवादीले लडेर स्थापित गरेको अधिकार र पहिचानलाई उल्ट्याउन नदिने बताए ।

उनले भने, ‘गएको वर्ष जति बेला सङ्घीय लोकतान्त्रिक गणतन्त्र उल्ट्याउने षड्यन्त्र भयो, त्यसकाविरुद्ध हामीले सङ्घर्ष गर्‍यौँ र त्यसमा सफलता प्राप्त गर्‍यौँ । यो देशका मधेसी, थारु, आदिवासी, जनजाति, दलित, महिला, मुस्लिम सबै समुदायको पहिचान र अधिकार स्थापित गर्न माओवादी केन्द्रले लडेर सफलता पाएको हो । यसलाई उल्ट्याउन खोज्ने तत्त्वहरूकाविरुद्ध फेरि एकचोटि सबै जनता एकजुट हुने प्रक्रियामा अगाडि बढेको मैले महसुस गरेको छु ।’

अध्यक्ष प्रण्डले देशलाई सामाजिक न्यायसहितको समतामूलक बनाउने अभियान माओवादीको रहेको पनि दाबी गरे ।

ताजा अपडेट

खोजी गर्नुहोस