सरकारले विश्व बैंकको १८ अर्ब ऋण, अमेरिकाबाट ८० अर्ब अनुदान लिने

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७९ बैशाख ३, शनिबार (२ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

बैशाख ३, काठमाडौँ । सरकारले विश्व बैंक समुहको अन्तर्राष्ट्रिय विकास संस्थाबाट १८ अर्ब रुपैयाँ बराबरको सहुलियत ऋण लिने भएको छ ।

मन्त्रिपरिषद्को बुधवार बसेको बैठकले विश्व बैंक समुहको अन्तर्राष्ट्रिय विकास संस्थाबाट प्राप्त हुने १५० मिलियन अमेरिकी डलर करिब १८ अर्ब रुपैयाँ बराबरको सहुलियत ऋण सहायता स्वीकार गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री तथा सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

उनले मन्त्रिपरिषद् बैठकले संयुक्त राज्य अमेरिकाको अन्तराष्ट्रिय विकासका लागि सहयोग निकाय युएसएआइडीबाट प्राप्त हुने अमेरिकी डलर ६ सय ५९ मिलियन करिब ७९ अर्ब ७१ करोड रुपैयाँ अनुदान सहायता रकम पनि स्वीकार गर्ने निर्णय गरेको बताए ।

त्यसैगरी मन्त्रिपरिषद्ले फुटकोर्ट कर्णाली अर्धजलशाययुक्त जलविद्युत आयोजनाको लागि कालिकोट जिल्लाको सान्नी त्रिवेणी गाउँपालिकाको करिब २ सय ८० रोपनी जग्गा प्राप्ति गर्न स्वीकृत दिने निर्णय गरेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस