भारतमा कोरोना भाइरसका ९७५ नयाँ संक्रमित भेटिए

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७९ बैशाख ३, शनिबार (३ साल अघि)
  • २४ पटक पढिएको
Post Thumbnail

बैशाख ३,काठमाडौँ । भारतमा शनिबार पछिल्लो २४ घण्टामा कोरोना भाइरसका ९७५ नयाँ संक्रमित भेटिएका छन् । यसका साथै भारतमा कोरोना संक्रमितको कुल संख्या ४.३० करोड भएको छ ।

यस्तै शुक्रबार, यो संक्रमणका कारण ४ को मृत्यु भएको थियो । यसअघि शुक्रबार ९४९ नयाँ संक्रमित भेटिएका थिए र ६ जनाको मृत्यु भएको थियो ।
भारतमा कोरोना भाइरस संक्रमणका कारण हुने मृत्युको आँकडा ५.२१ लाख भइसकेको छ । भारतमा यतिबेला कोरोना भाइरस संक्रमितका कूल सक्रिय मामिलाको संख्या ११,१९१ छ ।

 

ताजा अपडेट

खोजी गर्नुहोस