भरतपुरका कांग्रेस कार्यकर्ताले दिए सामूहिक राजीनामा

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७९ बैशाख ३, शनिबार (२ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

बैशाख ३, काठमाडौँ । चितवनको भरतपुर महानगरपालिका भित्रका कांग्रेसका ५० जना नेता-कार्यकर्ताले पार्टीबाट सामूहिक राजीनामा दिएका छन् । भरतपुर महानगरपालिका १७ बेलुवामा कार्यक्रम स्वतन्त्र अभियानका लागि भन्दै सामूहिक राजीनामा दिएको घोषणा गरेका हुन् ।

स्थानीय नेता प्रकाश कँडेलको संयोजकत्वमा भएको कांग्रेसका क्रियाशील र साधारण सदस्यको भेलाले साधारण सदस्य समेत नरहने गरी राजीनामा गरेका छन् । राजीनामा घोषणा गर्नेमा पूर्व वडाध्यक्ष, पार्टीका पूर्व वडा सभापतिहरू पनि छन् ।

पार्टीले अमेरिकी सहयोग परियोजना (एमसिसी) पास गरेको, निजीकरणको नाममा सरकारी कलकारखानाहरू बेचेको, सीमा विवादमा मौन रहि नदीनाला बेचेको, भ्रष्टाचारमा रमाएको, देशको अर्थतन्त्र डुबाएको, धनवाद र डनवादमा लोकतन्त्र मारेको, वडाको विकासमा विभेद गरेको उल्लेख गरेका छन् ।

सत्तारूढ गठबन्धनभित्र भरतपुर महानगरको मेयर नेकपा माओवादी केन्द्रलाई दिने तयारी भएपछि चितवन कांग्रेसमा विवाद देखिएको छ । जिल्ला नेताहरूले शीर्ष नेतालाई भेटेर भरतपुरको मेयर पद नछाड्न दबाब दिँदै आएका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस