‘चुनावी गठबन्धनलाई मिलाएर लैजाने पहिलो जिम्मेवारी काँग्रेसको हो’ : प्रधानमन्त्री देउवा

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७९ बैशाख ३, शनिबार (२ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

बैशाख ३,काठमाडौँ । प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवाले गठबन्धनलाई मिलाएर लैजाने सबै जिम्मेवार हुनुपर्ने बताएका छन् । शनिबार पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकमा देउवाले गठबन्धनलाई मिलाएर लिने पहिलो जिम्मेवारी काँग्रेसको भएको बताएका हुन् ।

उनले भने, ‘काँग्रेसको नेतृत्वमा गठबन्धनको सरकार छ । चुनावी तालमेलका लागि काँग्रेसकै नेतृत्व संयन्त्र बनेको छ । त्यसैले हामी बढी जिम्मेवार हुनुपर्छ ।’ गठबन्धनबीच चुनावी तालमेल हुने निर्णय भइसकेको भन्दै कार्यान्वयन गरेर जाने कुरामा सबैले सहजीकरण गर्नुपर्ने देउवाको भनाइ थियो । बैठकमा कार्यसम्पादन समितिका सदस्यले गठबन्धनको निर्वाचन तयारी तथा अनुगमन समितिलाई महानगर र उपमहानगरको प्रमुख र उपप्रमुखमा पार्टीको स्ट्रेन्थ अनुसार दाबी राख्न सुझाएका थिए ।

यस विषयमा थप छलफल गर्न पार्टी उपसभापति पूर्णबहादुर खड्काले भोलि पनि बैठक बोलाएको सहमहामन्त्री महालक्ष्मी उपाध्यक्षले बताइन् । यस्तै केन्द्रीय कार्यसम्पादन समितिका सदस्य एनपी साउदले जिल्ला-जिल्लामा तालमेल र उम्मेदवारीमा के कसरी अगाडि बढने बारे छलफल भएको बताए । उनले भने, ‘आज निर्णय भएन, गठबन्धनबारे निर्णय पार्टीले पहिले गरिसकेको छ ।, यसलाई तार्किक निष्कर्षमा पुर्‍याउनका लागि गम्भीर छलफल गर्नुपर्छ ।’ यसका लागि सबैले जिम्मेवारी बोध गर्नुपर्ने उनको भनाइ थियो ।

 

ताजा अपडेट

खोजी गर्नुहोस