एफए कप फुटबल: म्यानचेस्टर सिटीलाई हराउँदै लिभरपुल फाइनलमा प्रवेश

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७९ बैशाख ४, आईतबार (२ साल अघि)
  • २ पटक पढिएको
Post Thumbnail

बैशाख ४,काठमाडौँ । लिभरपुल एफए कप फुटबलको फाइनलमा प्रवेश गरेको छ ।

वेम्बली मैदानमा हिजो भएको सेमिफाइनलमा म्यानचेस्टर सिटीलाई ३–२ गोलले हराउँदै लिभरपुल उपाधि नजिक पुगेको हो ।

लिभरपुलका साडियो मानेले दुई र इब्राहिमा कोनाटेले एक गोल गरे । सिटीका ज्याक ग्रेलिस र बेर्लेनान्डो सिल्भाले एकरएक गोल फर्काए ।

अब लिभरपुलले उपाधिका लागि चेल्सी र क्रिस्टल प्यालेसबीचको विजेतासँग खेल्नेछ । चेल्सी र क्रिस्टल प्यालेसबीचको खेल आज राति सवा नौ बजे वेम्बलीमा हुनेछ ।

ताजा अपडेट

खोजी गर्नुहोस