सप्रनेको वार्षिकोत्सव: कवितामा झुमे विभिन्न पुस्ताका कवि

बैशाख ४,काठमाडौँ । स्रष्टा प्रतिष्ठान नेपाल (सप्रने)ले विशेष काव्य प्रवाहमार्फत आफ्नो ९ औं वार्षिकोत्सव मनाएको छ । शनिवार बिहान काठमाडौंमा आयोजित काव्य प्रवाहमा विभिन्न पुस्ताका २५ कविहरूले आफ्ना कविताा सुनाएका थिए । नयाँ पुस्तादेखि पूराना पुस्ताका कविहरूले आफ्ना मायाप्रेम, देशभक्त, राजनीतिक अस्थिरता, काव्यिक जागरण जस्ता विषयवस्तुलाई केन्द्रमा राखेर कविता सुनाएका थिए ।
संयोग समिरको यो कवितासँगै कवि राजु झल्लु प्रसाद, रसिक राज, यात्री प्रकाश पाण्डे, रिमा केसी लगायत कविहरूले आआफ्नो कविता वाचन गरेर सुनाए ।

कवि पाण्डेले बाको सम्झना कवितामार्फत गर्दैगर्दा केसीले भने बलत्कारविरुद्ध आवाज वुलन्द पारेकी थिइन् । उनीहरूसँगै मञ्जु काँचुली तिवारी, अशेष मल्ल, विश्व विमोहन श्रेष्ठ, विप्लव प्रतीक, मोमिला जोशी, गीता कार्की, विमला तुम्खेवा, मानसाग्नि हरि, केशव सिग्देल, कोमल फुयाँल, बिना थिङ तामाङ, रञ्जना निरौला, विजयध्वज थापा, श्रीराम स्वधर्म, सुस्मिता अर्याललगायतले कविता वाचन गरेका थिए ।
कार्यक्रममा उपस्थितहरूले साहित्यमा सप्रनेको सक्रियता देखेर खुशी व्यक्त गरे ।

सर्वनाम नाट्य समूहमा आबद्ध नाटककार अशेष मल्लले सप्रनेले नवौँ वार्षिकोत्सवमात्र नभई ९० औं वार्षिकोत्सव समेत भव्यसँग मनाउने बताए । उनले भने, सप्रनेको मेहनत र निरन्तरता देख्दा गर्व लागेको छ, ९ औँ वार्षिकोत्सव मात्र होइन ९०औँ वार्षिकोत्सव समेत भव्यसँग मनाउने मलाई विश्वास ।’ कार्यक्रममा कवि विप्लव प्रतिकले सप्रने सधैँ सप्रिँदै जानेमा विश्वास व्यक्त गरे ।

कार्यक्रममा संस्थाकी अध्यक्ष कवि अमृतिा स्मृतिले सप्रने कविता लेख्नका लागि सिक्न चाहने, सिकिरहेका तथा सिकिसकेकाहरूका लागि अवसर दिने संस्था भएको बताइन् । उनले सप्रने कवि जन्मने ठाउँ भएको भन्दै भनिन्,‘सामान्य लेख्न जान्ने तर, खारिने मौका नपाएका सर्जकहरू यस संस्थाको नियमित कार्यक्रममार्फत आफूलाई खाँरेर विशेष शृङ्खलामा वाचन गर्दै पछि देश–विदेशमा पुग्नेछन्, पुगेका छन् ।’
सप्रनेले स्थापना कालदेखि अहिलेसम्म करिब एक सयभन्दा बढी साहित्यिक कार्यक्रम गरिसकेको छ ।

 

संम्बन्धित समचार

Leave a Reply