वर्षाले पाल्पा–बुटल सडक खण्ड अवरुद्ध, पहिरो हटाउने प्रयास जारी

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७५ बैशाख ३१, सोमबार (५ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

 

बुटवल – गएरातीदेखि परेको वर्षाले बुटवल पाल्पा सडक खण्ड अबरुद्ध बनेको छ। वर्षाले सो सडक अन्तरगत दोभान र सिद्धबाबाकोबीचमा खसेको पहिरोले रातीदेखिनै  सडक अवरुद्ध बनेको हो।

 

अहिले पहिरो हटाउने प्रयास भइरहेको छ। डोजर र स्काभेटरको सहयोगमा पहिरो हटाउने प्रयास भइरहेको  जिल्ला ट्राफिक प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव निरीक्षक प्रविण आर्चायले जानकारी दिए। उनका अनुसार बाटो माथिबाट खसेको लेदो माटो र साना ढुंगा हटाइसके पनि बाटोको बिचमा रहेको ठुलो ढुंगो हटाउन भने केही समय लाग्ने छ।

 

सडक माथिको भिरमा पनि केही ढुंगा अड्केर रहेकाले बाटो खुलेपनि ती ढुंगा फेरी खस्ने जोखीम रहेको प्रहरीले जनाएको छ। सिद्धबाबा नजिकै हेडबक्स भन्ने स्थानमा गएराती एक बजेतीर पहिरो खसेको हो। सो स्थान पहिरोको उच्च जोखीम क्षेत्र हो।

 

बाटो अवरुद्ध हुँदा बुटवलबाट पाल्पा, गुल्मी, अर्घाखाची, स्याङजा, पोखरा, बाग्लुङ्गका लागि छुट्ने सवारी रोकीएका छन्। ती जिल्लाबाट बुटवल हुँदै काठमाडौं पोखरा तथा पश्चिम तर्फ जाने गाडीहरु पनि बाटोमै अलपत्र परेका छन्।

ताजा अपडेट

खोजी गर्नुहोस