आईपीएल क्रिकेट: पन्जाब किङ्ग्स सात विकेटले पराजित

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७९ बैशाख ५, सोमबार (२ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

बैशाख ५,काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा सनराइजर्स हैदराबादले पन्जाब किङ्ग्सलाई सात विकेटले हराएको छ ।

मुम्बईमा पन्जाबले दिएको एक सय ५२ रनको लक्ष्य हैदराबादले १८ ओभर पाँच बलमा मात्र तीन विकेट गुमाएर भेटायो । हैदराबादका लागि एडन मारक्रमले ४१ र निकोलस पुरनले ३५ रन बनाए । यस्तै राहुल त्रिपाठी ३४ र अभिषेक शर्मा ३१ रन बनाएर आउट भए । बलिङतर्फ पन्जाबका राहुल चाहरले दुई र कागिसो रबाडाले एक विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पन्जाब निर्धारित २० ओभरमा अलआउट हुँदै एक सय ५१ रन बनायो । पन्जाबका लागि लायम लिभिङस्टोनले ६० र शाहरुख खानले २६ रन बनाए । बलिङतर्फ उमरन मलिकले चार र भुवनेश्वर कुमारले तीन विकेट लिए ।

आजको जितसँगै हैदराबाद आठ अङ्कसहित तालिकाको चौथो स्थानमा उक्लिएको छ । पन्जाब भने ६ अङ्कसहित सातौँ स्थानमा छ ।

ताजा अपडेट

खोजी गर्नुहोस