स्थानीय चुनाव: माओवादीबाट धुनवेशी–६ मा रमेश आचार्य सर्वसम्मत

Post Thumbnail

बैशाख ५,धुनिवेशी । नेकपा माओवादी केन्द्र धुनीबेसी नगरपालिका वडा नम्बर–६ को कमिटीले आगामी स्थानीय निर्वाचनमा वडा अध्यक्ष पदमा रमेश आचार्यलाई उठाउने सर्वसम्मत निर्णय गरेको छ ।

प्रेस सेन्टरका केन्द्रिय सदस्य समेत रहेका आचार्यलाई माओवादी केन्द्रले धुनीबेसी ६ को वैठकले सर्वसम्मत निर्णय गर्दै वडा अध्यक्षमा उठाउने निर्णय गरेको वडा कमिटीका अध्यक्ष नकुल आचार्यले जानकारी दिए ।

यसअघि ०७४ सालमा भएको स्थानीय तहको निर्वाचनमा यस वडा नम्बर ६ को अध्यक्षमा ३ जनाको उम्मेदवारी रहेको थियो । जसमा एमालेबाट कान्छा तामाङले ४९६ मत ल्याउँदै विजयी बनेका थिए भने, उनको प्रतिपर्धीहरु कांग्रेसका राजकुमार बानियाँले ४२७ र माओवादी केन्द्रका रमेश आचार्यले ४१५ मत ल्याएका थिए ।

ताजा अपडेट

खोजी गर्नुहोस