साँझ फेरि बस्ने गरी सत्ता गठबन्धनको बैठक सकियो

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७९ बैशाख ५, सोमबार (२ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

बैशाख ५,काठमाडौँ । स्थानीय तह निर्वाचनमा सिट बाँडफाँटको विषयमा छलफल गर्न बसेको सत्ता गठबन्धनको बैठक निष्कर्षविहीन भएको छ । बैठक आजै फेरि बस्ने गरी स्थगित भएको माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए ।

प्रधानमन्त्री निवासमा बालुवाटारमा गठबन्धनका शीर्ष नेताहरुसहित स्थानीय तह निर्वाचन तयारी, परिचालन तथा अनुगमन समितिको बैठक बसेको थियो । यो बैठकले पालिकाहरुमा भागबण्डा मिलाउने भनिएको थियो । आइतबारको बैठक पनि निष्कर्षविहीन भएको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस