वैशाख ६ र ७ गते भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइने

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७९ बैशाख ५, सोमबार (२ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

बैशाख ५,काठमाडौँ । सरकारले यही वैशाख ६ र ७ गते भिटामिन ुएु र जुकाको औषधि खुवाउने भएको छ ।

छ देखि ५९ महिना उमेरसम्मका बालबालिकालाई भिटामिन ‘ए’ र १२ देखि ५९ महिनासम्मका बालबालिकालाई जुकाको औषधि खुवाउने भएको हो ।

राष्ट्रिय भिटामिन ुएु कार्यक्रम तथा जुकाको औषधि खुवाउने कार्यक्रम अन्तरगत भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन लागेको हो ।

सरकारले फागुन र चैतमा हात्तिपाइले रोग निवारण कार्यक्रम संचालन भएका जिल्लाहरुमा दुई वर्ष माथिका बालबालिकाहरुले जुकाको औषधि खाएको हुनसक्ने भएकाले ती जिल्लामा बालबालिकालाई सोधेर मात्रै जुकाको औषधि खुवाउन निर्देशन दिएको छ ।

छ महिनादेखि ५९ महिनासम्मका बालबालिकामा हुनसक्ने स्वास्थ्य जटिलता तथा कुपोषणको जोखिम न्यूनीकरण गर्नका लागि २०५३ सालबाट भिटामिन ुएु र २०५८ सालदेखि जुकाको औषधि वर्षमा दुई पटक बालबालिकालाई खुवाउने गरिएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस