बझाङमा एकाविहानै भूकम्पको धक्का

  • अनलाइन केन्द्र
  • / समाज /
  • २०७९ बैशाख ६, मंगलबार (२ साल अघि)
  • ५ पटक पढिएको
Post Thumbnail

बैशाख ६, बझाङ । बझाङमा आज विहानै भूकम्पको धक्का महसुस गरिएको छ । बिहान ६ बजेर ३ मिनेटमा भूकम्पको पराकम्प गएको छ ।

बझाङको दुर्गाथली गाँउपालिकाको सैनपसेला केन्द्रविन्दु भएर ४।१ म्याग्निच्यूडको भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ । भूकम्पको धक्का बझाङसहित सुदूरपश्चिम प्रदेशका सातै पहाडी जिल्लामा महसुस गरिएको छ ।

भूकम्पको क्षतिबारे कुनै जानकारी नआएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस