मेलम्ची पानी वाग्मतीमा बगाइदै, सतर्क रहन आग्रह

  • अनलाइन केन्द्र
  • / समाज /
  • २०७९ बैशाख ६, मंगलबार (२ साल अघि)
  • ६ पटक पढिएको
Post Thumbnail

बैशाख ६, काठमाडौँ । मेलम्ची खोलाको पानी आजदेखि वाग्मती नदीमा बगाइने भएको छ । मेलम्ची खानेपानी आयोजनाको सुरुङ परीक्षणका लागि पठाइएको पानी आजदेखि वाग्मती नदीमा बगाइने मेलम्ची खानेपानी विकास समितिले जनाएको छ ।

समितिले सूचना निकालेर आजदेखि मेलम्चीको पानी वाग्मतीमा पठाइने भन्दै वाग्मती किनारमा बस्नेहरूलाई सावधान रहन अनुरोध गरेको छ । समितिले निकालेको सूचनामा सुन्दरीजलदेखि तल वाग्मती नदीमा पानीको बहाव बढ्दै जाने भएकाले तटीय क्षेत्रका बासिन्दाहरूलाई विशेष सावधान रहन भनिएको छ ।

गत चैत २९ गते सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकास्थित मेलम्ची खानेपानी आयोजनाको मुहानबाट सुरुङमा हालिएको पानी सोमबार राति पौने १० बजे सुन्दरीजल आइपुगेको हो । सुरुङको पिँधमा आइपुगेको पानीले उचाइ लिन तीनदेखि चार दिन लाग्ने मेलम्ची आयोजनाको परामर्शदाता कम्पनी इप्तिसाका इञ्जीनियर विवेक खनालले जानकारी दिए ।

अब उक्त पानी सुन्दरीजलस्थित प्रशोधन केन्द्रमा केही दिन सञ्चय गरिने छ र प्रशोधनपछि धारामा पठाइने छ । प्रशोधन केन्द्रको प्राविधिक परीक्षण तथा पानीको गुणस्तर जाँच गरी आगामी आइतबारदेखि घरायसी धारामा पानी वितरण गर्ने तालिका समेत तय भएको छ ।

खानेपानीमन्त्री उमाकान्त चौधरीले मेलम्चीको पानी वैशाख ११ गतेदेखि काठमाडौँ उपत्यकाका घरघरका धारामा आउने भएकाले वितरणको तयारीमा जुट्न सम्बन्धित निकायलाई आग्रह गरेका छन् । ।

गत वर्ष सुरुङमा पानी बन्द गरेकै राति मेलम्ची खोलाको मुहान क्षेत्रमा लेदोसहितको बाढी आएर मुहान क्षेत्रमा निर्माण गरिएको खानेपानीका संरचनामा क्षति पुगेको थियो । क्षति भएको संरचना पुनःनिर्माण गरी गत चैतमा सुरुङमा पानी हालिएको हो ।

ताजा अपडेट

खोजी गर्नुहोस