घरेलु मैदानमै बार्सिलोनाको हार

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७९ बैशाख ६, मंगलबार (२ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

बैशाख ६, काठमाडौँ । स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले हार बेहोरेको छ । सोमबार राति भएको खेलमा बार्सिलोना काडिजसँग १-० गोल अन्तरले हारेको हो ।

बार्सिलोना घरेलु मैदानमै पराजित भएको हो । काडिजलाई जित दिलाउन लुकास परेजले निर्णायक गोल गरे । उनले खेलको ४८ औं मिनेटमा गोल गरेका हुन् ।

यस जितसँगै काडिजले ३२ खेलमा ३१ अंक जोडेको छ । काडिज १६ औं स्थानमा रहेको छ । बार्सिलोना ६० अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस