आईपीएलः राजस्थानको रोमान्चक जित

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७९ बैशाख ६, मंगलबार (२ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

बैशाख ६, काठमाडौँ । राजस्थान रोयल्सले इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा जित निकालेको छ । सोमबार राति भएको खेलमा राजस्थानले कोलकत्ता नाइट राइडर्समाथि ७ रनको रोमान्चक जित निकालेको हो ।

राजस्थानले दिएको २ सय १८ रनको लक्ष्य पछ्याएको कोलकत्ताले १९ ओभर ४ बलमा अलआउट हुँदै २ सय १० रन मात्र बनाउन सक्यो ।

कोलकत्ताका कप्तान श्रेयस आयरले ८५ रनको अर्धशतकीय इनिङ खेले । आरोन फिन्चले ५८ रनको अर्धशतकीय इनिङ खेले । उमेश यादवले २१ तथा नितिश रानाले १८ रन बनाए ।

राजस्थानका युजभेन्द्र चाहलले ह्याट्रिकसहित ५ विकेट लिए । उनले १६ ओभरको चौंथो, पाँचौं र छैटौं बलमा विकेट लिदै ह्याट्रिक पूरा गरे ।

ओबेड म्याककोयले २ तथा प्रसिद्ध कृष्ण र रविचन्द्र आश्विनले १/१ विकेट लिए ।

यस अघि पहिले ब्याटिङ गरेको राजस्थानले २० ओभरमा ५ विकेट गुमाएर २ सय १७ रन जोडेको थियो । राजस्थानका लागि जोस बट्लरले १ सय ३ रनको शतकीय इनिङ खेले । सन्जु सामसनले ३८ रन जोड्दा शिम्रन हिटमायरले अविजित २६ रन बनाए । देबदुत पडिकलले २४ रन बनाए ।

कोलकत्ताका सुनिल नारिनेले २ विकेट लिए ।

जितसँगै राजस्थान अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । राजस्थानले ८ खेलमा ८ अंक जोडेको छ । कोलकत्ता ७ खेलमा ६ अंक जोडेर छैटौं स्थानमा रहेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस