डब्ल्युएचओका महानिर्देशक टेड्रोस भोलि नेपाल आउने

  • अनलाइन केन्द्र
  • / समाज /
  • २०७९ बैशाख ७, बुधबार (२ साल अघि)
  • ४ पटक पढिएको
Post Thumbnail

बैशाख ७, काठमाडौँ । विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) का महानिर्देशक डा. टेड्रोस अधानोम गेब्रेयसस भोलि नेपाल आउने भएका छन् । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाको निमन्त्रणामा उनी वैशाख ८ देखि १० गतेसम्म नेपाल आउन लागेका हुन् ।

महानिर्देशकका साथमा डब्ल्युएचओको दक्षिण पूर्व एशिया क्षेत्रीय कार्यालयका क्षेत्रीय निर्देशक डा पुनम खेत्रपाल र डब्ल्युएचओका अन्य अधिकारीहरू रहनेछन् ।

नेपालमा रहँदा उनले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ ।

महानिर्देशक डा. टेड्रोसले परराष्ट्रमन्त्री डा. नारायण खड्का र स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री खतिवडासँग पनि भेट गर्ने कार्यक्रम रहेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस