श्रीलंकामा प्रहरीले गोली चलाउँदा एक प्रदर्शनकारीको मृत्यु

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७९ बैशाख ७, बुधबार (२ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

बैशाख ७, एजेन्सी । श्रीलंकामा हालै इन्धनमा भएको मूल्यवृद्धि र अन्य दैनिक समस्याको विरोधमा उत्रिएका प्रदर्शनकारीमाथि प्रहरीले गोली चलाउँदा एक जनाको मृत्यु भएको छ । अन्य २४ जना घाइते भएका छन् ।

इन्धनको मूल्यवृद्धिको विरोधमा मंगलबार आन्दोलनमा उत्रिएका प्रदर्शनकारीलाई तितरवितर पार्न प्रहरीले सुरुमा अश्रुग्यास प्रहार गरेको थियो । तर, प्रदर्शन नियन्त्रणमा नआएपछि प्रहरीले गोली चलाएको थियो ।

मृत्युपछि अन्य प्रदर्शनकारीले रामबुक्काना प्रहरी चौकी घेरेर ढुंगा प्रहार गरेका थिए । यसैबीच, श्रीलंका प्रहरीले अर्को सूचना नभएसम्मका लागि रामबुकाना प्रहरी डिभिजन वरपर कर्फ्यू लगाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस