गठबन्धनमा मिल्यो महानगर र उपमहानगरको भागबण्डा !

बैशाख ७, काठमाडौ । सत्तारुढ गठबन्धनको बैठकले महानगर र उपमहानगरपालिका प्रमुख र उपप्रमुखमा भागबण्डा टुङ्ग्याएको छ। बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारूढ गठबन्धनको बैठकले ६ महानगर र ११ उपमहानगरमा भागबण्डा मिलाएको हो ।

गठबन्धन बैठकले काँग्रेसलाई काठमाडौं, ललितपुर र विराटनगर महानगरपालिका प्रमुखको टुंगो लगाएको छ भने वीरगञ्ज,भरतपुर र पोखरा महानगरपालिकामा उप मेयरको टुंगो लगाएको छ । त्यस्तै काँग्रेसलाई धरान, इटहरी, कलैया, बुटवल, तुलसीपुर, नेपालगञ्ज र धनगढी उपमहानगरपालिका प्रमुखमा टुंगो लागेको छ भने जितपुर सिमरा, हेटौंडा र घोराही उपमहानगरपालिकामा उपप्रमुखको टुंगो लागेको छ ।

त्यस्तै नेकपा माओवादी केन्द्रलाई भरतपुर महानगरपालिका प्रमुखमा टुंगो लागेको छ भने ललितपुर महानगरपालिकामा उपप्रमुखमा टुंगो लागेको छ ।

त्यस्तै माओवादी केन्द्रलाई जितपुर सिमरा र घोराही उपमहानगरपालिका प्रमुखमा टुंगो लागेको छ भने धरान र धनगढी उपमहानगरपालिकामा उपप्रमुखमा टुंगो लागेको छ ।

संम्बन्धित समचार

Leave a Reply