थप १३ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७९ बैशाख ७, बुधबार (२ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

बैशाख ७,काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा थप १३ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी तीन हजार आठ सय ७७ जनाको नमुना परीक्षण गर्दा १३ जनामा सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यही अवधिमा २५ जना कोरोना सङ्क्रमित निको भएका छन् । अहिले नेपालमा तीन सय १८ जना कोरोना भाइरसका सक्रिय सङ्क्रमित रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोना भाइरसको सङ्क्रमणका कारण कसैको पनि ज्यान गएको छैन ।

यस अवधिमा ७६ हजार तीन सय ७२ जनाले कोरोनाविरुद्धको खोप लगाएका विवरण प्राप्त भएको मन्त्रालयले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस