समस्या परेका पालिकामा मात्रै मित्रतापूर्ण प्रतिस्पर्धा हुन्छ : प्रचण्ड

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७९ बैशाख ८, बिहिबार (२ साल अघि)
  • ७ पटक पढिएको
Post Thumbnail

बैशाख ८, काठमाडौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समस्या परेका पालिकामा सत्ता गठबन्धनभित्रै मित्रतापूर्ण प्रतिस्पर्धा हुने बताएका छन् । सत्ता गठबन्धनभित्र महानगर र उपमहानगरको भागबन्डा टुंग्याएर चुनावी अभियानका क्रममा बिहीबार सुदूरपश्चिम पुगेका प्रचण्डले चुनावी तालमेलबारे बताएका हुन् ।

धनगढी विमानस्थलमा सञ्सचारकर्मीसँग कुरा गर्दै प्रचण्डले भने, ‘कहीँकतै (पालिकामा) गठबन्धनभित्र त्यस्तो समस्या पर्‍यो भने गठबन्धनभित्र स्वस्थ र मित्रतापूर्ण प्रतिस्पर्धाको ठाउँ पनि हामीले बाँकी राखेका छौँ ।’

यद्यपि ६ महानगरपालिका र ११ उपमहागरपालिकामा गरिएको तालमेलका आधारमा नै अन्य पालिकामा गठबन्धनभित्र तालमेल हुने उनले बताए ।

‘जसरी केन्द्रमा महानगर र उपमहानगरपालिकामा सहमतिका आधारमा तालमेल गरेका छौँ,’ उनले भने, ‘त्यही मर्म र भावनालाई आत्मसात गरेर तालमेल र गठबन्धन गर्ने भनेर भनेका छौँ ।’

‘समस्या परेमा त्यस्तो ठाउँमा गठबन्धनभित्रै पनि प्रतिस्पर्धा हुन सक्छ भनेका छौँ । तर, त्यस्तो भन्नुको तात्पर्य गठबन्धनभित्रको प्रतिस्पर्धामा प्राथमिकता दिने भनिएको होइन । प्राथमिताकता तालमेलमा हो,’ उनले भने, ‘तर, समस्या कहिँकतै पर्‍यो भने समस्या परेको ठाउँमा मित्रतापूर्ण प्रतिस्पर्धा गर्न सकिन्छ भन्ने कुरा नै हो ।

उनले गठबन्धन अब चुनावी तयारीमा होमिएको बताए । केही समय अघिसम्म चुनाव सार्ने हल्ला फैलाइए पनि अब निर्धारित समयमै चुनाव हुने स्पष्ट भएको प्रचण्डको भनाइ थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस