ब्यारेकभित्रै गोली लागेकी महिला सैनिक जवानको मृत्यु

  • अनलाइन केन्द्र
  • / समाज /
  • २०७९ बैशाख ८, बिहिबार (२ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

बैशाख ८,बुटवल । कपिलवस्तुको गोरुसिंगेस्थित नेपाली सेनाको शमशेर दल गणमा गोली लागी घाइते भएकी सैनिक जवानको मृत्यु भएको छ ।

गणको भित्री पोस्टमा कार्यरत झापाको गौरादह नगरपालिका–१ की २४ वर्षीया कोपिला राजवंशीको भैरहवास्थित युनिभर्सल कलेजमा बिहीबार बिहान मृत्यु भएको नेपाली सेना पश्चिम पृतनाले जनाएको छ ।

राजवंशी गोली लागेको अवस्थामा बुधबार साँझ ७ बजे फेला परेकी थिइन् । गणभित्रै गोली लागेर गम्भीर घाइते भएकी उनको बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार हुन नसकेपछि तत्कालै भैरहवास्थित युनिभर्सल मेडिकल कलेज लगिएको थियो ।

उनको पेटमा दुई वटा गोली लागेको बताइएको छ । राजवंशी आफैंले गोली चलाएर आत्महत्या गरेको सेनाले जनाएको छ । काठमाडौँ लैजाने तयारी भैरहेको बेला उनको मृत्यु भएको हो ।

 

ताजा अपडेट

खोजी गर्नुहोस