अपर सोलुलाई आईपीओ निष्काशनको अनुमति

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७९ बैशाख ८, बिहिबार (२ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

बैशाख ८, काठमाडौँ । नेपाल धितोपत्र बोर्डले अपर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनी लिमिटेडलाई आइपिओ निष्काशनका लागि अनुमति दिएको छ । बोर्डले प्रभावित क्षेत्र र सर्वसाधारणका लागि ३३ लाख ७ हजार ५०० कित्ता आइपिओ निष्काशनका लागि अनुमति दिएको हो ।

कम्पनीले आयोजना प्रभावित सोलुखुम्बु जिल्लाका स्थानीयलाई १३ करोड ५० लाख रुपैयाँ बराबरको १३ लाख ५० हजार कित्ता र सर्वसाधारणलाई १९ करोड ५७ लाख ५० हजार रुपैयाँ बराबरको १९ लाख ५७ हजार ५०० कित्ता आईपीओ निष्कासन गर्नेछ ।

कम्पनीको आइपिओ निष्काशनका लागि धितोपत्र निष्काशन तथा बिक्री प्रवन्धकमा एनएमबी क्यापिटल रहेको छ । सोलुखुम्बु जिल्लाको सोलु दुधकुण्ड नगरपालिका भएर बहने सोलु खोलामा २३।५ मेगावाट क्षमताको सोलु जलविद्युत आयोजना निर्माण गरेको छ । आयोजनाको लागत ४ अर्ब ४० करोड रुपैयाँ भन्दा माथि रहेको छ ।

हाल कम्पनीको संस्थापक समुहको शेयर पूँजी एक अर्ब एक करोड रुपैयाँ रहेको छ । सर्वसाधारण समुहको ३३ करोड ७ लाख रुपैयाँको आइपिओ निष्काशन पछि कम्पनीको चुक्ता पूँजी एक अर्ब ३५ करोड रुपैयाँ पुग्नेछ । जसमा सर्वसाधारण समुहको शेयर हिस्सा २४.५० प्रतिशत रहनेछ ।

 

ताजा अपडेट

खोजी गर्नुहोस